यात्रा संस्मरण (बाटोमा भेटिएका एक सैनिक)~ सन् २००८ को जुलाई महिनामा भारतको कश्मीर राज्यमा अवस्थित अमरनाथ गुफाको दर्शन पश्चात फर्कने क्रममा थियौं । पहिला पनि उल्लेख गरेको थिएँ मेरो साथमा काठमाडौं बत्तीसपुतली घर बताउने एक विष्ट थरका सहयात्री हुनुहुन्थ्यो । उहाँ सँग उत्तराखण्डको उत्तरकाशीमा चिनजान भएर हामीले अमरनाथ यात्रामा जाने निर्णय गरेका थियौं । यात्राको क्रममा उहाँलाई बाटोका केही स्वास्थ्य सम्बन्धी समस्या भएको हुनाले फर्कदा पनि खच्चरमा फर्किन अनुरोध गरें । जाँदा पहलगाँउको बाटो गए पनि फर्कदा बालटालको बाटो छोटो हुने र श्रीनगर हुँदै फर्कने निर्णय गर्यौं । उहाँलाई खच्चरमा पठाएर म आफ्नै रफ्तारमा पैदल हिँड्न थालेँ । बाटोमा करीब ५० / ५० मीटरको दुरीमा हतियार सहित सेना उभिएका थिए । बाल्यकाल देखि नै बुवाले आफु शाही नेपाली सेनामा कार्यरत रहँदाका तिता मिठा कहानीहरू सुनाउने गर्नु भएकोले गर्दा पनि होला मलाई सेना देख्ने बित्तिकै भित्रबाट एक आनौठो किसिमको आनंद र आफ्नोपनको अनुभति हुन्थ्यो ।अमरनाथ यात्रामा यात्रीहरूलाई आतंकवादीहरूले आक्रमण गर्न सक्ने हुनाले भारत सरकारले यात्राको समयमा त्यो क्षेत्रमा विशेष गरी हिन्दू बाहुल्य रहेको सेनाका बटालियन तैनाथ गरेको हुन्छ । त्यसैले त्यहाँ गोर्खा रेजिगमेंट, गढवाल रेजिगमेंट, पंजाब, केरला, तमिलनाडु आदि तिरका सैनिकहरू बढी भेटिन्थे । हिड्ने क्रममा कसैले पछाडिबाट आवाज लगायो "बम बम भोले" भन्दै । म पनि पछाडि फर्किएर हेरें एक सैनिक जवान थिएँ, प्रत्युत्तरमा भने "बम बम भोले" । अनि हिंदीमा सोधें, "बालटाल कितना दूर है" उनले पनि अलिक अफ्ठेरो गरी हिन्दीमा जवाफ फर्काए "बस ज्यादा दूर नहीं है तोड़ा (केरलका मानिसहरूले हिन्दी बोल्दा थोडा लाई प्रायः तोडा उच्चारण गर्छन्) है, दो घंटा और लगेगा, मैं भी उधर ही जा रहा हूं" फेरि मैले भने, "हम साथ साथ चलें क्या?" उनले संगै हिड्न मिल्ने बताए अनि हामी गफ गर्दै संगै हिँड्न थाल्यौं ।
उनको हिन्दी उच्चारण बाटै मैले उनी केरलाका हुन् भन्ने थाहा पाएको त थिएँ तै पनि सोधें "आप केरल से हैं क्या?"
क्रमशः ..........
No comments:
Post a Comment