Friday, March 24, 2023

यात्रा संस्मरण (मेरो र रितेश_अग्रवालको जम्काभेट)~

सन् 2014 को जुलाईमा नेपाल चिया विकास निगमको जागीर छोडेर केही समय घरमै बसें । 2015 को जनवरी तिर सिलीगुडी तिरबाट घुम्दै हरिद्वार पुगेको थिएँ। केही दिनको घुमघाम पछि समयको सदुपयोग पनि हुने र केही नयाँ कुरा सिक्न पनि पाइने हुनाले हरिद्वारमा नै एक संस्थामा आईटी डिपार्टमेन्टमा काम गर्न थालें । केही समय त्यहाँ बसेर भारतको आईटी नगरी बैंगलोर जाने तयारी गर्दै थिएँ, एक दिन बेलुका अचानक एक मित्रको फोन आयो, "तिमी हरिद्वारमा के गर्दै गरेको तुरुन्त गुड़गांव आऊ यहाँ मैले काम गर्ने कम्पनीमा एक मान्छे मागिरहेका छन् मैले तिम्रो बारेमा कुरा गरेको छु..... " आदि इत्यादि । नभन्दै म त्यै रात हरिद्वारबाट दिल्लीको लागि हिँडे । ती मित्र कम्पनी कै गाडी लिएर अन्तरराज्य बस टर्मिनल दिल्लीसम्म मलाई लिन आएका रहेछन् , हामी गफ गर्दै गुड़गांव पुगेऊ । उनले सिधै कम्पनीका मालिकसँग भेट गराए । मालिक नै सो कम्पनीका director रहेछन् । अनि उहाँको मिसेज दिल्ली युनिभर्सिटीमा पढाउनु हुँदोरहेछ संयोग बस् त्यो दिन इन्टरभ्युमा उहाँहरू दुईजनै बस्नुभयो । व्यवसायिक कुरा भन्दा पनि व्यक्तिगत कुरा बढी भए । सामान्य अन्तरवार्ता पछि मलाई कामको लागि स्वीकृति प्राप्त भयो । म त्यै काम गर्न थालें । मेरो र डाइरेक्टर सरको अफिस आमने सामने थियो । उहाँहरूको एक थ्री स्टार होटल पनि थियो त्यसैको तल्लो तलामा हाम्रो अफिस र रेष्टुरेन्ट थियो ।
केही दिन पछि एक लामो लामो कपाल पालेको करीब २२/२३ वर्षका एक युवक डाइरेक्टर सरको अफिसमा दैनिक जस्तो आउने गरेका थिए । पटक पटक आउने र आएर OYO रूम को बारेमा कुरा गर्ने गरेको सुनेको थिएँ । पछि बुझ्न मन लागेर मैले मेडमलाई सोधें, उनले होटलमा भाडामा नलागेका रूम लिने र सस्तोमा उनका ग्राहकलाई दिने गरेका रहेछन् । उहाँले पनि छक्क पर्दै भन्नु भयो "आजकल यूनिवर्सिटी में एमबीए डिग्री ही इसी लिए करते है कि दूसरे के जेब के पैसे कैसे खिंचना बस यही सीखना पड़ता है, यह रितेश भी ऐसा ही है..."
एक त नाम नै उटपट्याङ लाग्ने अनि विश्वास गर्न पनि नसकिने अल्लारे ठिटो भएकाले हामीले सहजै त्यो शर्त मानेका थिएनौं तर पनि उनले हार मानेनन् पटक पटक आईरहे आखिरमा हाम्रो कम्पनीले पनि दुईटा रूम OYO को लागि दिने गरी सहमति भयो ।
अहिले ती नै रितेज अग्रवालको बिजनेस विश्वका धेरै मुलुकमा फैलिएको छ । उनलाई त्यै हामीलाई उटपट्याङ लाग्ने OYO ले छोटो समयमै अरबपति बनाएको छ

No comments:

Post a Comment